नेपाल बैंकको वित्तिय साक्षरता कार्यक्रम

अर्थ/वाणिज्य समाचार

रौतहट, २२ बैशाख


नेपाल बैंक लिमिटेड चन्द्रपुर शाखाले सम्वृद्ध नेपाल अभियान बचत खाता तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । वित्तिय साक्षरताका बारेमा जानकारी दिने उदेश्यले चन्द्रपुर १० स्थित चेतनगर विर्ता बजारमा कार्यक्रम गरेको हो । बैकिङ पहुँच बाहिर रहेका तथा बैकिङ सेवा सुविधाबारेमा थाहा नभएका सर्वसाधारणलाई वित्तिय साक्षरता अभिवृद्धि गरी सरकारले सुरु गरेको हरेक नागरीकको बैंक खाता सञ्चालन गर्ने नितीलाई सघाउ पुयाउने उदेश्य कार्यक्रम गरेको हो । कार्यक्रममा बैङ्कको परिचय तथा यसले गर्ने कार्यहरु, निक्षेपका प्रकारहरु, बचतको महत्व, रेमिटेन्स सेवा, कर्जा उपयोग गर्ने प्रकृयाहरु तथा सम्वृद्ध नेपाल अभियान बचत खाताको बारेमा नेपाल बैंक चन्द्रपुर शाखाका शाखा प्रबन्धक किसन कुमार केसरी जानकारी गराएका थिए । उक्त कार्यक्रममा बैङ्कले करिब ४ सयको संख्यामा नेपाल सरकारले सुरु गरेको सम्वृद्ध नेपाल अभियान बचत खाता खोल्न सफल भएको शाखा प्रबन्धक केसरीले बताए । कार्यक्रमका सहभागीहरुले नेपाल बैंकले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रमले बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यको बारेमा जानकारी प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरेका थिए । नेपाल बैंकको सम्वृद्ध नेपाल अभियान बचत खातामा जिरो मौजदातमा खाता खोल्न सकिने, उक्त खातामा बैंकले १०० रुपैया राखिदिने, मोबाईल बैंकिङ, ईन्टरनेट बैकिङ लगायतका सुविधाहरु रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *