३० पत्रकारलाई कोरोना सम्मान पुरस्कार

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २० जेठ

कोरोना संक्रमण विरुद्ध जनचेतनामूलक सामग्री प्रवाह गर्ने ३० जना पत्रकारलाई सम्मान गरिने भएको छ। नेपाल पत्रकार महासंघ र अष्टेलियन नेपोलिज जर्नालिष्ट एशोसिएसनको सहकार्यमा नेपालमा कोरोना सक्रमणको संकट र जोखिमका बीच पनि अग्रमोर्चामा रहेर पत्रकारितामार्फत् कोरोना सक्रमणविरुद्ध जनचेतनामूलक समाचार सामग्री प्रवाह गर्ने ३० जना पत्रकारहरुलाई नगद १० हजार र सम्मानपत्रले सम्मान गरिने नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए।

सात प्रदेश, उपत्यका, प्रतिष्ठान तथा क्यामेरामेन र फोटो पत्रकार गरी ३० जना सम्मान गरिने महासंघले जनाएको छ। महासंघले सबै जिल्ला, प्रदेशका सञ्चारकर्मीलाई गत फागुन देखि हालसम्म कोरोना सक्रमण सम्वन्धमा लेखिएका उत्कृष्ट कम्तिमा ३ वटा समाचार सामग्री सहित आफ्नो वायो डाटा यही २०७७ जेठ महिनाभित्र केन्द्रीय कार्यालयमा पठाउन अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *