फेरि बढ्न थाल्यो कोरोना संक्रमण: निको हुनेभन्दा नयाँ संक्रमित तीन गुणा बढी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ८ असार

नेपालमा निको हुने भन्दा नयाँ संक्रमित तेब्बर बढी भेटिएका छन्। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमित थपिएका छन्। जबकी यो अवधिमा १० जनामात्रै निको भएका छन्।

देशभर गरिएको १५७५ पीसीआर र ८५० जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ।

उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल १४२ जना सक्रिय संक्रमित छन्।

विगत एक साताको तथ्याङ्कले नेपालमा कोरोनाभाइरसबाट दैनिक  संक्रमित हुने व्यक्तिको  संख्या थपिने क्रम बढेको देखाउँछ।

कोभिडबाट निको हुने व्यक्तिको संख्याभन्दा दैनिक नयाँ संक्रमित थपिनेको संखया झन्डै दोब्बरले बढिरहेको पाइएको छ।

नयाँ संक्रमित थपिने क्रमसँगै कुल सक्रिय संक्रमितको संख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

जेठ ३१ गते १२ जना नयाँ संक्रमित थपिएकोमा त्यसको आठौं दिन ३१ जना संक्रमित फेला परेको तथ्यांक  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *