काठमाडौं उपत्यकासहितका आसपासका क्षेत्रका वर्षा, सतर्कता अपनाउन आग्रह

विज्ञान/प्रविधि विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १२ जेठ

काठमाडौं उपत्यकासहितका आसपासका क्षेत्रका वर्षा, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्‍चिमी भागमा आएको हावाहुरीसहितको वर्षा पूर्वतिर सर्ने क्रम रहेको जनाएको छ ।

महाशाखाका अनुसार पोखराभन्दा पूर्वको पहाडी भूभाग र मध्यको पहाडी भूभागमा हावाहुरी, मेघ गर्जनसहित वर्षा भइरहेको र यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको जनाएको छ ।

यही प्रणालीका कारण तनहुँ गोरखा, धादिङको केही स्थानमा मध्यम वर्षा र चितवन, नुवाकोट, काठमाडौं उपत्यका, ओखलढुङगा, दोलखा, सिन्धुपाल्चोक र आसपास केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

तनहुँ गोरखा, धादिङ भई बहने केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सोमबार रातीसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आइतबार देशभर यस वर्षकै उच्च तापक्रम मापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *