नारायणी अस्पतालबाट एकैपटक ४३ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १५५ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १२ जेठ

वीरगञ्जस्थति नारायणी अस्पतालबाट एकैपटक ४३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। उपचारपछि कोरोना भाइरस संक्रमणमुक्त भएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

अस्पातलले आइतबार राती १८ जना र त्यसभन्दा अघि ९ जनालाई उपचारपछि डिस्चार्ज गरेको थियो। आज सोमबार ४३ जना समेत गरी अस्पतालबाट ७० जनालाई डिस्चार्ज गरेको हो।

डा उपाध्यायका अनुसार आज डिस्चार्ज हुने ४३ जनामा ३ जना महिला र बाँकी पुरुष छन्। डिस्चार्ज हुनेमा अस्पतालकी नर्स समेत रहेकी छिन्। यसका साथै २ जना सञ्चारकर्मी समेत डिस्चार्ज भएका छन्।

डा उपाध्यायका अनुसार अस्पतालबाट सबै संक्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ। उनले कोरोना अस्थायी अस्पतालमा भने अझै केही संक्रमित रहेको र उनीहरुको अवस्था सामान्य रहेको जानकारी दिए।

यो सहित नेपालमा कोरोना निको हुनेको संख्या १५५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *