सरुमारानीबाट ५ करोड बरावरको कृषिउपज निर्यात

समाचार

प्यूठान, ६ कार्तिक


प्यूठानको सरुमारानी गाउँपालिका क्षेत्रबाट ५ करोड बरावरको कृषि उपजहरु जिल्ला बाहिर तथा भारतमा निर्यात भएको छ । सरुमारानी गाउँपालिका क्षेत्रमा उत्पादन हुने अदुवा, मह, दहन बाली, बेसार लगायतका बिभिन्न कृषि उपजहरु निर्यात भएको सरुमारानी गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ । अदुवा, मह तथा दहन बालीका लागी सरुमारानी गाउँपालिका पकेट क्षेत्रका रुपमा चिनीन्छ । पछिल्लो समय सरुमारानी क्षेत्रको मह तथा अदुवाले बजार पाउन थालेपछि यहाँका किसानहरु ब्यवसायिक रुपमा मौरी पालन तथा अदुवा खेतीमा लागेका छन् ।
सरुमारानीका किसानहरु परम्परागत खेती छोडेर ब्यवसायिक रुपमा अदुवा खेतीतर्फ आकर्षित भएको ऐरावती बहुउद्धेश्यी कृषि सहकारी सस्था सरुमारानी गाउँपालिकाका ४ बड्डाडाका ब्यवस्थापक रेबती खनालले जानकारी दिए । उनका अनुसार सरुमारानी क्षेत्रको कुल भुभागको २० प्रतिशत जमिनमा अदुवा तथा बेशार खेती गर्ने गरेका छन् । अदुवा खेती सरुमारानीका स्थानीयको जीविकोपार्जनकोे आधार बन्दै गएको छ ।
गत बर्ष सरुमारानी गाउँपालिका क्षेत्रबाट ८५ टन अदुवा निर्यात भएको छ । गत बर्ष ५० लाख बराबरको अदुवा, ८० लाख बरावरको मह, १५ लाख रुपैयाको पिडालु बाहिर निर्यात भएको थियो । यस्तै बेसार ७० टन, तथा गहुतको दाल ५ टन, ८ टन सुठो निर्यात भएको थियो । यस्तै अन्य उत्पादनहरु पनि यस क्षेत्रमा प्रसस्तै हुने गर्छ । यो वर्ष यो सख्या अझै बढेर जाने आशा गरिएको छ । उक्त क्षेत्रका स्थानीयहरुले उत्पादित बस्तु सहकारी मार्फत बजारसम्म पुर्याउने गरेका छन् ।
उता प्यूठानमा उत्पादन भएको कृषि उत्पादनसगँ सम्बन्धी तथ्याङक ज्ञान केन्द्रसग नभएको पाइएको छ । केन्द्रले दाङ र प्यूठान हर्ने गरेपनि प्यूठानमा केन्द्रको सम्पर्क कार्यालय नहुदा जिल्लामा उत्पादन, निकासी पैठारीको तथ्याङक संकलन गर्न समस्या भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्ण बहादुर बस्नेतले बताए । ‘केन्द्रमा कर्मचारी तथा भौतिक पूर्वाधार नहुदा प्यूठानमा सम्पर्क कार्यालय स्थापना गर्न सकेका छैनौ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *