राहतको विशेष घोषणासहित प्रधानमन्त्री ओलीको राष्ट्रका नाममा सम्बोधन हुने

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, १२ जेठ

तस्वीरः फाइल फोटो

आधा घन्टा मात्र मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रका नाममा सम्बोधन । के प्रधानमन्त्रीले कुनै महत्वपूर्ण निर्णय र घोषणा गर्न लागेका हुन् ? सबैमा चासो बढेको छ ।

सामान्यतया मन्त्रिपरिषद बैठक लामै चल्ने गर्छ । यसपटक प्रधानमन्त्री ओलीले निकै छोटो गरी बैठक सक्ने गरी डाकेका छन् । आज साँढे ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् भने त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका हुन् ।

देश कोरोना भाइरससँग लडिरहँदा भारतसँग सीमा विवादपछि नयाँ नक्शा जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधनले विशेष अर्थ राख्ने देखिएको छ ।

उनले यसपटकको सम्बोधनमा कोरोना भाइरसविरुद्धको लडाईं, भारतसँगको सीमा विवादपछि नक्शा जारी गरेपछि सिंगो देशमा भएको राष्ट्रिय सहमतिका अलावा जनतालाई राहत दिने विषयमा पनि बोल्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । आज विशेष राहतको घोषणा हुने र त्यसलाई मन्त्रिपरिषदबाट पारित गर्न लागिएको बुझिएको छ ।

पारित मात्र गर्नका लागि बैठक डाकिएको बुझिएको छ । लगत्तै उनले मन्त्रीहरुलाई समेत नजिकै राखेर घोषणा गर्ने र त्यसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *