कतारमा पहिलो पटक नेपालीलाई मृत्युदण्ड, यस्तो छ मृत्युदण्डको कारण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ९ जेठ

महोत्तरीको अनिल चौधरीलाई कतारमा मृत्युदण्ड दिएको छ । उनलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अलनुयमीको हत्या अभियोगमा गोली हानी मृत्युदण्ड दिएको हो । नेपालीलाई मृत्युदण्ड दिएको कतारले यो नै पहिलो पटक हो ।

अदालतले सुनाएको फैसलाबमोजिम अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो । चौधरी महोत्तरीको औरही १ का बासिन्दा हुन । उनलाई नुयमीको हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता कतारी प्रहरीले पक्राउ गरेको थियो । उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ । चौधरीलाई मृत्युदण्ड दिइएकोबारे नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा जानकारी गराइसकेको छ ।

कतार सरकारले उनको शव नेपाल ल्याउनसमेत अनुमति दिइसकेको छ । कतारमा मृत्युदण्ड सजायको फैसला सुनाइएका नेपाली अरू पनि छन, तर उनीहरुको सजाय कार्यान्वयन भने भइसकेको छैन । चौधरी २०१५ अगस्ट २७ तारिख कतार गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *