नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ चैत
विराटनगरमा एक नर्सको शव भेटिएको छ। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन्। डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन्। उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *