Saturday, May 18, 2024

भक्तपुर भेलुखेल स्थित सिल गरिएको स्थानका १२ जनाको स्वाब संकलन

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, ९ जेठ

भक्तपुर नगरापालिका ५ भेलुखेल स्थित कोरोना संक्रमण देखिएपछि सिल गरिएको स्थानका १२ जनाको स्वाब संकलन गरिएको छ ।

संक्रमितका परिवारको ११ जना र अर्का एक जनाको कोरोना परिक्षणको लागि स्वाव लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए । काठमाडौं महानगरपालिकामा चालकका रुपमा कार्यरत रहेका भेलुखेलका एक पुरुषमा कोरोना संक्रमण देखिएपछि यो स्थान सिल गरिएको थियो ।

यस स्थानका ३५ घर सिलको घेरमा रहेका छन् भने सिल गरिएको यस स्थानका स्थानीयहरुका लागि भक्तपुर नगरपालिकाले खाना र पानीको ब्यवस्था गरिएको छ । कोरोना संक्रमित ब्यक्तिलाई भने बलम्वु स्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिरहेको छ ।

भक्तपुर नगरपालिकाले पनि संक्रमणको जोखिम बढेको भन्दै स्वाव संकलन गरिएको छ । भक्तपुर नगरपालिका द्धारा सञ्चालित च्यामासिंह स्थित जनस्वास्थ्य कार्यालयमा सफाई कर्माचारी, जनप्रनिधि र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गर्न स्वाव संलकन गरिएको वडा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।

भक्तपुर नगरपालिकाको २५० जनाको कोरोना परीक्षणको लागि स्वाव संकलन गरिएको छ । नगरपालिकाका सफाई कर्मचारीमध्य केही कर्मचारी सिल गरिएको क्षेत्रका पनि छन् । यसले जोखिम बढेको छ रविन्द्र ज्याख्वले बताए । बिहीवार मात्र भक्तपुरको थिमि क्षेत्रमा र दुवाकोट क्षेत्रमा कोरोना संक्रमित ९ दिनको सफल उपचार पश्चात निको भएर घर फिर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *