रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ बैशाख
रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ। शुक्रबार राती उनको स्वास्थ्यमा समस्या देखिएको थियो। ८६ वर्षीय उनलाई अस्पताल लाने क्रममा निधन भएको हो।

उनको पशुपति आर्यघाटमा दाह संस्कार भयो।

बिराटनगरकी स्थानीय उनी हाल बत्तिसपुलतीस्थित कान्छी छोरीसँग बस्दै आएकी थिइन्।

भारतको वाराणसीमा शास्त्रीय संगीत अध्ययन गरेकी उनका ‘जुनेली रात हजुर’, ‘जाग नेपाली’, ‘मेरो मुटुको माँझ कसको तस्विर’, ‘तिमी दूर देशका परदेशी’, ‘फागुको शितल बतास’ लगायत गीत  छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *