कोरोना अपडेट : मृतकको संख्या २ लाख ४७ हजार, के छ सार्क राष्ट्रको अवस्था?

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

विश्वभरमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ४७ हजार नाघेको छ।

नेपाली समय अनुसार साेमबार बिहान ८ बजे सम्मको तथ्यांक अनुसार विश्वमा मृत्यु हुनेको संख्या २ लाख ४७ हजार ४ सय ३१ पुगेको छ।

अमेरिकामा सबै भन्दा बढीको मृत्यु भएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ६७ हजार ६ सय ८० पुगेको छ। त्यस्तै इटालीमा २८ हजार ८ सय ८४, युकेमा २८ हजार ५ सय २०, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ९ सय जनाको मृत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३५ लाख ५ हजार ७ सय ६१ पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या ११ लाख ५७ हजार ९ सय ४५ पुगेको छ। त्यस्तै  स्पेनमा २ लाख १७ हजार ४ सय ६६, इटालीमा २ लाख १० हजार ७ सय १७, युकेमा १ लाख ८७ हजार ८ सय ४२, फ्रान्समा १ लाख ६८ हजार ९ सय २५, जर्मनीमा १ लाख ६५ हजार ६ सय ६४, टर्कीमा १ लाख २६ हजार ४५ जना संक्रमित भएका छन्।

विश्वभर ११ लाख २५ हजार १ सय ४ जना निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा १ लाख ८० हजार १ सय ५२, जर्मनीमा १ लाख ३० हजार ६ सय, स्पेनमा १ लाख १८ हजार ९ सय २, इटालीमा ८१ हजार ६ सय ५४, चीनमा ७८ हजार ५ सय ८६, इरानमा ७८ हजार ४ सय २२ जना निको भएर घर फर्किसकेका छन्।

सार्क देशको अवस्था 
भारतमा संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ।भारतमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ९१ पुगेको छ। ११ हजार ७ सय ७५ जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा २० हजार  ८४ जना संक्रमित भएका छन् भने ४ सय ५७ जनाको मृत्यु भएको छ।  ५ हजार १ सय १४ जना  उपचार पछि निको भएर घर फर्किसकेका छन्।

बंगालादेशमा ५ जनाको मृत्यु भएको छ। योसँगै बंगालादेशमा संक्रमितको संख्या ९ हजार ४ सय ५५ पुगेको छ। १ सय ७७ जनाको मृत्यु

अफ्गानिस्तानमा संक्रमितको संख्या २ हजार ७ सय ४ पुगेको छ। ८५ जनाको मृत्यु भइसकेको छ। ३ सय ४५ जना  निको भइसकेका छन्।

श्रीलंकामा ७ सय १८ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ८४ जना उपचारपछि घर फर्किसकेका छन्।

माल्दिभ्समा ५ सय २७ पुगेको छ। एक जनाको मृत्यु भएको छ। १८ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित छन्। ५ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *