थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२४७ पुग्यो  

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ मंसिर

पछिल्लो २४ घण्टामा देशभर १७  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २४७  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५०२ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  ११ हजार ४७५  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७९ हजार २४२ पुगेको छ।

आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *