सीमामा थप कडाइ गर्ने गृहको तयारीः महत्वपूर्ण भवन तथा संरचनाको सुरक्षा जिम्मा सेनालाई, सीमा सुरक्षामा प्रहरी

विशेष समाचार समाचार स्वास्थ्य
्र
न्यूज अपडेट
काठमाडाैं, २२ बैशाख
pinterest sharing button
email sharing button

गृह मन्त्रालयले सीमा सुरक्षामा थप कडाइ गर्न  निर्णय गरेको छ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले  महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको हो। कारागार, विकास निर्माण आयोजनालगायतका महत्त्वपूर्ण संरचनाकाो सुरक्षाकाेजिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  सिमामा पठाउने निर्णय भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसरी खटिने सुरक्षाकर्मीको विवरण गृहमा बुझाएपछि सीमामा पठाइने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

बैठकले सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नराकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने निश्कर्ष निकालेका हो । बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

गृहमन्त्री थापाले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि गृहले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी दिए।

बैठकमा गृह सचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *