पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार बढी व्यक्तिलाई कोरोना संक्रमण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
नयाँ दिल्ली, २५ साउन

पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ४९९ जना व्यक्ति कोरोना संक्रमित भएक छन्।  ३९ हजार ८६६ संक्रमित निको भएका छन्।

भारतमा आज ४ लाख २ हजार १८८ संक्रिय कोरोना संक्रमित रहेका बताइएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म  ३ करोड १९ लाख ६९ ९५४ व्यक्ति कोरोना संक्रमित भएका छन्। तीमध्ये ३ करोड ११ लाख ३९ हजार ४५७ व्यक्ति संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण भारतमा ४ लाख २८ हजार ३०९ जना व्यक्तिको निधन भएको छ। पछिल्लो २४ घण्टामा ४४७ संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *