शुक्रवारदेखि भक्तपुर बचतमा एकहप्ते पाक शिक्षा तालिम

अर्थ/वाणिज्य कला/साहित्य समाचार

भक्तपुर, २४ फागुन

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा शुक्रवारदेखि एक हप्ते पाक शिक्षा तालिम भएको छ ।
कार्यक्रमको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले पाक शिक्षा तालिमले फजुल खर्च कतौटी भई बचत गर्ने क्षमता वृद्धि गर्ने बताउनुभयो । उहाँले आजभोलि हरेक घरमा पुरुषहरु घरायसी खाजा तथा खानाभन्दा बाहिरका खाजामा आकर्षण भएको बताउनुहुँदै त्यसको रोकथाम यस तालिमले गर्ने बताउनुभयो ।
महिला उपसमितिका संयोजक रामेश्वरी कोजूले सिकेको सीप खेर नजाने र त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो । संस्थाले विभिन्न तालिम दिने क्रममा पाक शिक्षा तालिम पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
जम्मा २६ जना सहभागी रहेको उक्त तालिममा सुनिल सुवालले प्रशिक्षण दिनुभएको थियो । तालिममा उहाँले हप्तादिनमा सुप बनाउने, मःमः बनाउने, चप्सी बनाउने, चाउमिन बनाउने, पिज्जा बनाउनेलगायतका सिकाउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *