पछिल्लो २४ घण्टामा १६ हजार ५९४ नमुना परीक्षण गर्दा ३६५१ जनामा संक्रमण, २२ काे मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २५ साउन

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर १ हजार  ७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३८१ भने ७४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *