अनुगमन र कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २५ साउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीस्तरिय निर्णय गर्दै सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेका हुन्।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको व्यवस्थापनका लागि प्रदेश १ मा डा मदन उपाध्याय, प्रदेश २ मा डा प्रकाश साह, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी  प्रदेशमा नारायण ढकाल, लुम्बिनी प्रदेशमा डा पवनजंग रायमाझी, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई सम्पर्क व्यक्ति तोकिएको हो।

प्रदेश र स्थानीय तहमा भएको कोभिड–१९ को प्रतिकार्य तथा सम्भावित तेस्रो लहरको व्यवस्थापनको तयारीका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयले जनाएको छ।

सातै प्रदेशका सम्पर्क व्यक्तिले स्थानीय तह तथा प्रदेशमा कोरोना प्रतिकार्यका विषयमा छलफल गर्ने तथा तेस्रो लहरको तयारीको व्यवस्थापनको कार्यमा संलग्न हुनुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *