उपत्यकामा थपिए १,०७५ जना कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २१ साउन

छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार उपत्यकामा १,२७९ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३७ जनाको मृत्‍यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *