विपन्न बिरामीलाई सहयोग अभियान

विशेष समाचार समाचार स्वास्थ्य

मङ्गलबारे, २० पुस


आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ ।

संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । दुई वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करीब र रू २० लाख सङ्कलन भइसकेको संस्थाका अध्यक्ष रतनकुमार चौधरीले बताए । रक्तदाताका अगुवा भनेर समेत चिनिने चौधरीले विपन्न बिरामीलाई लक्षित गरी संस्था स्थापना गरेका हुन् । उक्त संस्थामा अध्यक्ष चौधरीले आफ्ना आमाबुबाको सम्झनामा रू ५ लाख सहयोग गर्नुभएको छ । समाजसेवीको अगुवाइमा स्थापना भएको यस संस्थाबाट ६० विपन्न बिरामीलाई उपचार सहयोग गरिएको छ ।

बिरामीको अवस्था हेरी उक्त संस्थाले दुईदेखि रू ५ हजार सहयोग उपलब्ध गराउँदै आएको छ । पुनः अध्यक्ष चौधरीले नै संस्थामा रू १ लाख सहयोग गरेका छन । उक्त संस्थामा दुर्गाप्रसाद उप्रेती, हिमालय कर्मचार्य, राजीव जैन, प्रकाश सरिया, प्रयाश शर्मा र प्रज्ववल घिमिरेले रु तीन लाख प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *