पाँच महिनामा १ लाख ९३ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

काठमाडाैं, २१ साउन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने उल्लेख छ।

प्रस्तुत तथ्यांकमा ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना व्यक्त गरिएको छ।

प्रक्षेपणमा साउनमा ५३ हजार ३०७,  भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।

संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने प्रक्षेपण पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *