अण्डाको मूल्य हातै बढ्यो, पतिगोटा कति पर्छ ?

समाचार

अनुषा भैनात्व
भक्तपुर,५ जेठ


अण्डाको मूल्य बढे पछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो । सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु.२५० तथा मध्यमखालको अण्डा प्रतिके्रट रु.१८० तोकिएकाे छ । यसअघिका ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु.२०० र मध्यमको रु. १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ”लागत मूल्य हो” ,उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।
वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु.२९० बाट रु.२०० कायम गरिएका थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु.२०० मूल्य तोकेको जनाएको थियो । किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु.१० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु.१२ पर्छ । केही वर्षअघि अधिकतसम्म अण्डाको मूल्य प्रतिक्रेट रु.३६० सम्म पुगेको थियो । ”अण्डाको मूल्य घट्ने बढ्ने भइरहन्छ, कँडेलले भने । बजारका अवस्था हेरेर रु.२ सय ६० देखि रु.३ सय औशतमा मूल्य निर्धारण हुन्छ । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालार्इ लाभ पुग्ने मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।
एकसाता अघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा र्दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्ष रुपमा एक लाख ५० हजार बढी व्यक्ति रोजगारीले पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीका आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्टी क्षेत्रमा रु. ८० अर्बभन्दा बढी लगानी रहेको छ ।

भक्तपुरमा बिसी एमी कर्माचार्य द सुपर मर्म बनेकी छन् ।
अनुषा भैनात्व
केट्स इन्टरटेनमेन्ट तथा पद्या फिल्मस् प्रालिले संयुक्त रूपमा राजधानीको प्रज्ञा भवनमा आयोजन गरेको द सुपर मर्म मा उनले उपाधि जित्न सफल भएकी हुन् । विभिन्न चरण पार गर्र्दै द सुपर मर्म को अन्तिम प्रतिस्पर्धामा १६ जना प्रतिशप्र्रिधहरुले भाग लिएका थिए । अन्य १७ प्रतिस्पर्धिहरुलाई उछिन्दै उनले उक्त बिजेताको ताज जित्न सफल भएकी थिइन् । त्यसैगरी फस्ट र सेकेन्ड रनरअपमा बाला रार्इ भए ।
प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिनासम्म विशष प्रशिक्षण प्रदान गरिएर उनीहरुलाई अन्तिम प्रतिशप्रर्धामा उतारिएको आयोजक संस्थाकी प्रमुख पुजला प्रधानले बताइन् । मोटिभेसन क्लास तथा व्यतित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रधानले दिएकी थिइ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *