भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
नयाँ दिल्ली, २१ साउन

भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ हजार ७२६ रहेको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

कुल सङ्क्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *