पछिल्लो २४ घण्टामा ३६२० जना संक्रमित कोरोनामुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ कात्तिकsharethis sharing button

पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यो सँगै नेपालमा एक लाख ३४ हजार ८ सय २४ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७७ दशमलभ ७ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ५६ हजार ३ सय ६६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३७ हजार ७ सय ६५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *