पोखराको पर्यटकीय गतिविधि सञ्चालन, हवाइसेवा, डुङ्गा व्यवसाय र प्याराग्लाइडिङ शुरु

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
कास्की, ५ असोज


पर्यटकीय नगरी पोखरामा लकडाउनको अन्त्यसँगै पर्यटकीय गतिविधि सञ्चालन भएको छ । सरकारले करिव ६ महिना लामो बन्दाबन्दीको अन्त्य गरेपछि लामो समयदेखि ठप्प भएका पर्यटकीय गतिविधिलाई सञ्चालन गराउन व्यवसायीले पर्यटकीय होटल रेष्टुरेण्ट, डुङ्गा व्यवसाय, प्याराग्लाइडिङ र हवाइ यातायात लगायतका सेवा शुचारु गर्न लागेका हुन् ।
व्यवसायीले कोरोनाले विगत ६ महिनादेखि वन्द रहेको साहसिक खेलकुद प्याराग्लाइडिङ सोमबारदेखि व्यावसायिक उडान शुरु गर्ने जनाएका छन् । विभिन्न हवाई कम्पनीहरुले सोमबारदेखि नै व्यावसायिक हवाइ उडान शुरु गरेपछि नेपाल हवाई खेलकुद संस्था (ना) ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

सोमबारदेखि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक उडान शुरु गर्ने हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । लामो लकडाउनसँगै बन्द भएका ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरुले व्यावसायिक रुपमा उडान शुरु गर्ने अध्यक्ष भण्डारीले बताए । ‘लामो समयदेखि थला परेको व्यवसायलाई गति दिन कम्पनीहरु खोलेर उडानका लागि वुकिङ शुरु गर्न व्यवसायीलाई आग्रह गरेका छौ’ं उनले भने । ‘अहिले विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै व्यावसायिक उडान शुरु गरेर पर्यटकीय गतिविधिलाई चलायमान गराउने छौं ।’

कोरोनाको जोखिमसँगै पोखरामा सञ्चालित प्याराग्लाइडिङ कम्पनीहरुले यो ६ महिनामा ५० करोडको घाटा व्यहोर्नु परेको (ना) का महासचिब वलराम आचार्यले बताए । उनले नेपाली प्याराग्लाइडिङकै इतिहासमा निकै अप्ठ्यारो समय ब्यहोर्नु परेको बताए । ‘कोरोना संक्रमण देखिएसँगै ब्यवसाय बन्द भएपछि यसै व्यवसायमा आश्रृत ३ सय ७० भन्दा वढी पाइलट र उनीहरुका परिवार समेत समस्या उत्पन्न भयो’ उनले भने ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

प्याराग्लाइडिङका लागि यो सिजन निकै उपयुक्त भएकाले अव आन्तरिक पर्यटनलाई चलयमान गराउने गरी आर्कषक प्याकेज सहित उडानको तयारी थालेको उनले बताए ।
नेपालको पर्यटनको क्षेत्रमा प्याराग्लाइडिङको योगदान महत्वपूर्ण रहेको बताउँदै महासचिब आचार्यले २०७१÷०७२ मा उत्कृष्ट करदाताको रुपमा समेत सम्मानित भएको स्मरण गरे ।
त्यसैगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धनमा महत्वपूर्ण मानिएको डुंगा व्यवासय पनि सञ्चालनमा आएको छ । स्वास्थ्य सतर्कता अपनाएर पोखराको फेवातालमा शुक्रबारदेखि डुंगा सञ्चालनमा आएका हुन् ।

व्यवसायीले डुंगा चढ्न आउने यात्रुका लागि अनिवार्य मास्क, स्यानिटाइजको प्रयोग र ज्वरो नाप्ने लगायतका सुरक्षा विधि अपनाएर मात्र डुंगामा सयर गर्ने व्यवस्था मिलाएका छन् ।
कोरोना संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य अवस्थामा यात्रु चड्ने संख्या भन्दा आधा घटाएर डुंगामा सयर गर्ने व्यवस्था पनि मिलाइको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले जानकारी दिए ।

यात्रुले प्रयोग गरेको लाइफ ज्याकेट पनि एक पटक प्रयोगमा आएपछि स्यानिटाइज गरेर राखेर अर्को दिन मात्र प्रयोगमा ल्याइने उनले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षा मापदण्ड अपनाएर डुंगा सञ्चालन गर्न अनुमति दिएको हो । डुंगा सञ्चालनमा अनुमति दिए पनि फेवातालको मध्यभागमा रहेको प्रसिद्ध तालबाराही मन्दिर दर्शन गर्न र घुम्न जान भने रोक लगाइएको छ ।

डुंगामा फेवाताल सयर गर्दा एकै परिवारका वा सँगै आएका साथी हुनुपर्ने उल्लेख छ । फेवातालका ८ वटा डुंगा घाटमा कुल ७ सय डुंगा रहेका छन् । त्यस मध्ये सबै भन्दा धेरै फेवातालको बिचमा रहेको तालबाराही मन्दिर जाने बाराही घाटमा ३ सय ५५ भन्दा बढी डुंगा रहेका छन् । फेवातालमा ६ सय जनाले दैनिक डुंगा चलाएर जीवीकोपार्जन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *