नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १५ जेठ

नेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण देखिएको हो।

कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ। बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *