नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५, २७६ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ असाेज

पछिल्लो २४ घण्टामा ११५४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन्। देशभर ८६९० जना होम आइसोलेसनमा छन्।

आज १००५ जना निको भएका छन्। हालसम्म ४७ हजार २३८ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घन्टामा ९५३३ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा थप १६ जजना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ४२७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *