भरतपुर विमानास्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड सहित ‘पूर्व तयारी तालिम’ शुरु

अर्थ/वाणिज्य पर्यटन विशेष समाचार समाचार

न्यूज अपडेट
चितवन, ५ असोज


सोमबारदेखि चल्न लागेको आन्तरिक उडानलाई लक्षित गर्दै भरतपुर विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको छ । ६ महिनापछि शुरु गरिएको आन्तरिक उडानलाई व्यवस्थित र स्वास्थ्य सुरक्षा मापदण्ड सहित आज पूर्व तयारी तालिम गरिएको हो ।

विमानस्थलका प्रमुख योगेन्द्र कुंँवरले सोमबारदेखि शुरु हुने उडानलाई व्यवस्थित र अभ्यस्त गराउने उद्देश्यले यो तालिम गरिएको बताए । ‘यसअघि राष्ट्रिय अन्तराष्ट्रिय उडानमा यस्तो अभ्यास भएको थिएन, उनले भने, सोमबारदेखि कुनैपनि गल्ती नहोस् भन्ने उद्देश्यले डेमो गरिएको हो ।’ विमास्थलका कर्मचारी, वायुसेवाका कर्मचारी तथा सुरक्षाकर्मीलाई सोमबारदेखि गरिने नियमित प्रक्रियाको बारेमा तालिम दिइएको थियो । तालिममा प्रस्थान कक्षबाट नै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ्ग र टिकट चेकिङ्ग गरी बोइङ्ग पास लगायत विमान प्रतीक्षा कक्षसम्म यसको नमूना प्रदर्शन गरिएको थियो ।

प्रमुख कुंँवरले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाटै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारी साधन मात्र प्रवेश गराइने छ । प्रत्येक यात्रुलाई मास्क अनिवार्य गरिने काउण्टर कक्षमा छिर्नुभन्दा अघि स्वास्थ्य चेक जांँच गरिनेछ । फ्रन्टलाइनमा खटिएका कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री सहित सेवा दिइनेछ । विमानस्थलले स्वास्थ्यमा समस्या आएका या शंकास्पद विरामीको लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

टिकट बुकिङ्गको चाप बढ्यो

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पूर्ण यात्रु क्षमतामा विमान सञ्चालन गर्ने अनुमति दिएसंँगै टिकट बुकिङ्गको चाप बढ्दै गएको सेवा प्रदायक कम्पनीहरुले बताएका छन् । हाल काठमाडौं भरतपुर काठमाडौ र भरतपुर पोखरा भरतपुर सञ्चालन हुने बुद्ध एयर र यती एयरलाइन्सको विमानले सेवा दिँदै आइरहेका छन् । आइतबारसम्म लगभग पहिलो दिनको लागि ७० प्रतिशत भन्दा बढी टिकट विक्री भइसकेको एयरलाइन्सका कर्मचारी बताउंँछन् । क्रमशः अन्य दिनको लागि पनि बुकिङ्ग क्रमशः बढ्दै गरेको उनीहरुको भनाइ छ ।

‘सोमबारदेखि मात्र खुल्ने निश्चित यात्रुले बल्ल थाहा पाएका छन्’ बुद्ध एयरका भरतपुर प्रबन्धक भक्तबहादुर बस्नेतले भने । उनका अनुसार टिकट बुकिङ्ग गर्ने क्रम क्रमशः बढ्दै गएको र यात्रुले सोधपुछ गर्ने क्रम समेत बढेको छ । बुद्ध एयर शुरुका दिनमा काठमाडौ भरतपुर २ वटा विमानबाट सेवा दिने उनले बताए । ‘यात्रुको चाप अनुसार विमानको संख्या पनि बढाउंँदै लग्नेछौं ।’ उनले भने । यसैगरी यति एयरलाइन्सले पनि सोमबारका लागि भरतपुरबाट काठमाडौ जाने टिकट सबै जसो बिक्री भएको जनाएको छ । यतिका भरतपुर प्रबन्धक अनुप ढकालले भरतपुर काठमाडौ जाने यात्रुको चाप बढेपनि काठमाडौबाट भरतपुर आउने यात्रुको अनुपात भने कम रहेको बताए । ‘यहांँबाट जाने यात्रुको चाप र टिकट बुकिङ्ग सन्तोषजनक छ । उताबाट आउने यात्रु अलि कम छन ।’ उनले भने ।

लकडाउन अघि बुद्ध एयरले दैनिक पांँचवटा सम्म उडान र यतिले ४ वटा उडान भर्दै आएपनि सोमबारदेखि उनीहरु नियमित २÷२ वटा उडान भर्न लागेका हुन् । तर केही समयको लागि भने पोखरा उडान हुने छैन ।
यहांँ आउने बुद्धको दुईवटा जहाज ४७ सिटे र १८ सिटे छन भने यतिको ३० सिट यात्रु क्षमताको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *