बाढीपहिरोले कृषि क्षेत्रमा मात्र १ करोड बढीको क्षति

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
सल्यान, ५ असोज

बाढीपहिरोले सल्यानको कृषि क्षेत्रमा मात्र १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । साउन महिना यता बाढीपहिरोले कृषि क्षेत्रमा १ करोड २९ लाख २ सय ३२ रुपैयाँ बराबर क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका ४ सय १५ किसान बाढीपहिरोको प्रत्यक्ष मारमा परेका छन् । बाढीपहिराले १ हजार ३ सय ४० क्षेत्रफल रोपनीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए ।

साउन महिना यता ३ हजार ६ सय ९९ मुरी खाद्यन्न नष्ट भएको उनको भनाइ छ । उनले भने ‘कृषितर्फ बालीनालीको उत्पादनको आधारमा १ करोड २९ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।’

बाढी पहिरोले सबैभन्दा बढी बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा क्षति पु¥याएको छ ।

पहिरोले जिल्लाभर २९ हजार ३ सय ६३ विभिन्न बोट विरुवा नष्ट गरेको छ भने ५ सय ३० क्विन्टल आलु, अदुवा र तरकारीमा नष्ट भएको तथ्यांक आएको सूचना अधिकारी बस्नेतको भनाइ छ ।

जिल्लामा विपद्बाट क्षति पुगेका ६२ जनालाई राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । आगलागी, बाढी पहिरो, चट्याङ लगायतका विपद्बाट क्षति भएका ६२ घरधुरीलाई ७० लाख ५ हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

बाढीले बगाउँदा एक जना अझै वेपत्ता रहेका छन् । बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोलामा पुल निर्माण गर्ने फिल्ड सुपरभाइजर बनगाड खोलाले बगाउँदा वेपत्ता भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *