महिलाबाट सामूहिक आलु तथा लसुन खेती

अर्थ/वाणिज्य समाचार

रामपुर, १६ मङ्सिर

पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् ।
पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिए । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति समूहका १५५ महिला लागेका छन् ।
कोही मल बोक्ने तथा कोही डल्ला फुटाउने गर्दा रमाइलो र सजिलोसमेत भएको महिलाले बताएका छन् । महिलाले पहिलो पटक पटक सामूहिक रुपमा खेती गर्दा निकै उत्साहित भएको वडाध्यक्ष नीरबहादुर सारुले बताए। गाउँपालिकाले अनुदानमा बीउ वितरण गरेपछि गाउँपालिकाका हेक्लाङ, वीरकोट, सिलुवा रिङ्नेरह, तथा सिलुवाका विभिन्न स्थानमा समेत सामूहिक खेतीको अभियान शुरु भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *