अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २०२० नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षणमा २०२० जनालाई संक्रमण देखिएको जानकारी दिए।

कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ। २४ घण्टा ८७१ जना डिस्चार्ज भएका छन्।

देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *