पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९० पुग्यो 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

नेपालमा आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको छ।

५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। .

मोरङमा ६६ वर्षीया महिला र ६६ वर्षीय पुरुष, काठमाडौंमा ८५ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ र नवलपरासीमा ३१ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसअघि नेपालमा बिहिबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६३ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *