न्यूज अपडेट
भक्तपुर, १८ चैत

भक्तपुर नगरपालिकाले नगरपालिकाभित्रका पसल व्यवसायीहरुको भेला कार्यक्रम आयोजना गरेको छ । बुधबार आयोजित सो भेला कार्यक्रममा भक्तपुर नपाद्वारा गठित बजार अनुगमन समितिबाट भए÷गरेका विविध गतिविधिहरुबारे छलफल भएको छ ।
भेलामा बोल्दै प्रमुख अतिथि भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिले आर्थिक अनुशासन र पारदिर्शर्ता नै भक्तपुर नगरपालिकाको पर्याय भएको बताए । भक्तपुर नगरपालिकाले आत्मनिर्भरतामा जोड दिंदै आइरहेको बताउदै प्रमुख प्रजापतिले विदेशीको भरमा देशको प्रगति र विकास सम्भव नहुने धारणा राखे ।

भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरु सफलतापूर्वक सञ्चालन गरी सस्तोमा इन्जिनियरिङ, नर्सिङ, सिभिललगायतका विषयमा देशभरिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र स्वीकृति पाएको खण्डमा विश्वविद्यालय सञ्चालन गर्न पनि नगरपालिका सक्षम रहेको उनले बताए ।
प्रमुख प्रजापतिले नागरिकहरुलाई आफ्नो अधिकार र कर्तव्यबारे सचेत पार्ने कार्यमा पनि नगरपालिकाले जोड दिइरहेको बताउँदै कानुन उल्लंघन गर्नेहरु दण्ड—सजायको भागीदार हुन्छ भने । उनले भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी र नगरबासीहरुको संयुक्त प्रयासले नपाको हरेक गतिविधि व्यवस्थित रुपले अगाडि बढाउन सहयोग पु¥याएको बताउँदै जनप्रतिनिधि जनताको निःश्वार्थ रुपमा सेवामा समर्पितभावले लागेको बताए ।
भेलामा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष एवम् बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले पसल व्यवसायी भेलाको मुख्य उद्देश्य भनेको व्यवसायी र उपभोक्तालाई समयमै सचेत पारी स्वस्थ प्रतिस्पर्धाको लागि भएको बताए । उनले पसल तथा व्यवसाय सञ्चालन गर्दा दर्ता तथा नवीकरण गर्नु अपरिहार्य भएको बताउदै नगरपालिकामा तिनुपर्ने कर पनि नियमित तिर्नुपर्ने र स—साना पसल व्यवसायीहरु संगठित हुनुपर्नेमा जोड दिए ।

भेलामा बजार अनुगमन समितिका सदस्यद्वय वडाध्यक्ष हरिराम सुवाल र कार्यपालिका सदस्य रोशनमैंया सुवालले बजार अनुगमनमा व्यवसायीले निकै लापरबाही गरेको पाइएको हुँदा नगरपालिकाले ती व्यवसायीहरुलाई सचेत पार्ने कार्यहरु गर्दै आइरहेको, भक्तपुर नपाले स्थानीय सामाग्रीलाई बढी प्राथमिकतामा राख्दै आएको र भक्तपुरलाई सभ्य र सुसंस्कृत बनाउन नगरबासी व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
उपस्थित पसल व्यवसायीहरुले आफ्ना व्यवसायिक समस्या र नगरपालिकाले सरसफाई र व्यवसायीहरुलाई दिनुपर्ने सुविधाबारे राय—सुझावहरु प्रस्तुत गरेको थियो भने सोही भेलामा भक्तपुर नपा वडा नं. १० का वडा निरीक्षक रामकृष्ण प्रजापतिले पनि बोलेका थियो ।