भक्तपुर बचतले दिए चौथो पटकको बाँसुरी बाजा प्रशिक्षण

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ बैशाख


भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले बैशाख २३ गतेदेखि तीन महिने आधुनिक बाँसुरी बाजा प्रशिक्षण सुरु गरेको छ । यो बाँसुरी बाजा प्रशिक्षणको चौथो समूह हो ।

तालिमको औपचािरक कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सांगीतिक क्षेत्र आफै विश्वभाषा रहेको बताएको छ । उनले समयलाई व्यवस्थापन गरे जुनसुकै बाधा अड्टन पनि हट्ने स्पष्ट पार्दै नियमित कक्षामा आई अभ्यास गरे सफलताको शिखरमा पुग्ने निश्चित रहेको बताए । उनले सांस्कृतिक र खेलकूद क्षेत्रमा अब्बल मान्छे अध्ययनमा पनि सफलता हासिल गरेको औंल्याए । साथै उनले सांगीतिक क्षेत्रले व्यक्तित्व विकासमा समेत टेवा पुर्‍याएको स्पष्ट पारे ।

सांस्कृतिक उपसमितिका संयोजक नारायण खोंजूले सुखी र सफल जीवनका लागि बाँसुरी बाजाको ऐतिहासिक महत्व रहेको बताए । उनले स्वास प्रश्वासको व्यायायमा समेत बाँसुरी बाजाले महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य औंल्याए ।

बाँसुरी बाजा प्रशिक्षक रभिम कपालीले बाँसुरी बाजाको महत्वसँगै उपयोगिताबारे स्पष्ट पार्दै प्रशिक्षण अवधिभर नियमित उपस्थितिका लागि अनुरोध गरे ।

जम्मा २६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त कार्यक्रममा सहायक प्रबन्धक दयालक्ष्मी धन्छाले पनि बोलेको थियो । प्रशिक्षण कार्यमा सहायक प्रशिक्षकका रुपमा सृजन धन्छा र सगुन धन्छाले साथ दिने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *