थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३८३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

नेपालमा एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ८३ पुगेको छ ।

४ वटा जिल्लाका ३ महिला र १ पुरुष गरी चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङकी ६४ वर्षीया महिला, काठमाडौंका ८७ वर्षीय पुरुष, चितवनकी ३६ र कैलालीकी ५७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि नेपालमा बुधबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *