देशभर २२१ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार  देशभर २ सय २१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र १८२ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२९ जना आइसियु र  ३७ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियु, प्रदेश १ मा  ७ जना आइसियु र १ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६  र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन् ।

बुधबार १ सय ९९ जना संक्रमित  आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *