चीनमा ४५ जना नयाँ संक्रमित भेटिए, थप पाँच जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित ४५ जना नयाँ विरामी फेला परेका छन् । सामाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए ।

आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् ।

शनिबार चीनमा कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृतक सबै हुबेई प्रान्तको वुहान शहरका हुन् ।

गत डिसेम्बरको अन्तिम साता वुहान शहरबाटै कोरोना संक्रमण फैलिन शुरु गरेको थियो । चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु कोरोना भाइरसकै कारण भएको छ । अझै ८२ हजार ९ जना संक्रमितको उपचार जारी छ ।

अहिले चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ जितिसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुहान शहरमा लगाइएका प्रतिबन्धहरु विस्तारै हटाउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *