पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ , ललितपुरमा  ६१ र भक्तपुरमा ५० जनालाई  कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या १४ हजार २ सय ७९ पुगेको छ। काठमाडौंमा ११ हजार ७ सय ४६ ललितपुरमा १ हजार २ सय ४७  र भक्तपुरमा  १ हजार १ सय ८६ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ। २४ घण्टा १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ४२ हजार ९ सय ४९ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *