सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ६ मंसिर

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको छ। गत २४ घण्टामा ७ सय ४२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ३, खोटाङमा एकजना, झापामा १०, ताप्लेजुङमा एकजना, धनकुटामा एकजना, पाँचथरमा २, भोजपुरमा एकजना, मोरङमा ३१ जना,  संखुवासभामा ३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को पर्सामा ३ र बारामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २०, दोलखामा ८, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा २१, मकवानपुरमा १६, रसुवामा २ रामेछापमा २, ललितपुरमा ५५, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४२, गोरखामा ४, तनहुँमा १४, नवलपरासी पूर्वमा १८, पर्वतमा ४, म्याग्दीमा एकजना, लमजुङमा ८, बागुलङमा २ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ७, गुल्मीमा ६, दाङमा १६, नवलपरासीमा ४, पाल्पामा १३, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ६, रुपन्देहीमा ३४ र रोल्पामा ५  जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको जाजरकोटमा एकजना, जुम्लामा एकजना, डोल्पामा ३ दैलेखमा ३, सल्यानमा ३, सुर्खेतमा १६ र हुम्लामा एकजनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा एकजना, कैलालीमा १०, डडेल्धुरामा ३ , डोटीमा ४,दार्चुलामा एकजना र  बझाङमा ४ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *