काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्ने

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
काठमाडौं, १३ बैशाख


“काठमाडांै उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आपैंmमा जीवन्त संग्रहालय रहेको र यसलाई देशकै सांस्कृतिक राजधानी बनाउनुपर्ने आवश्यकता छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार काठमाडौंमा आयोजित सांस्कृतिककर्मीहरुको भेलामा बताएको हो ।

नेपालमा सांस्कृतिक अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छ ।”

प्रमुख प्रजापतिले पुर्खाले नासोको रुपमा छोडेको मूर्त तथा अमूर्त सम्पदाहरु संरक्षण गरी पुनःनिर्माण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्नेमा जोड दिंदै सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगले मौलिकता गुम्ने खतरा औंल्याए ।

उनले भक्तपुर नगरपालिकाले सांस्कृतिक पुनर्जागरण ल्याउने प्रयास गरिरहेको चर्चा गर्दै मौलिक गुँला बाजाको प्रबद्र्धन तथा बाजाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरेको प्रष्ट पाए ।


गुँला बाजा व्यवस्थापन समिति काठमाडौंमा अध्यक्ष अमिरमान शाक्यले सांस्कृतिक सम्बन्ध विस्तारका लागि भक्तपुर नगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको बताए ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नपाको आयोजनामा यही बैशाख २२ गते हुने खुला गुँला बाजा प्रतियोगिताबारे जानकारी दिए ।

सांस्कृतिक गुरुहरु डा. पुष्परत्न शाक्य, देवचन्द्र बज्राचार्य, त्रिरत्न मानन्धरलगायतले बोलेको उक्त कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु श्यामकृष्ण खत्री र राजकृष्ण गोराको पनि उपस्थिति थियो ।
कार्यक्रममा गुँला बाजा प्रतियोगितालाई उत्सवकै रुपमा मनाउनुपर्ने र देशभरिकै गुँलाबाजाकर्मीहरुलाई सहभागी गराउने वातावरण बनाउन सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *