काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

पछिल्लो २४ घन्टायता काठमाडौं उपत्यकामा ५९७ कोरोना संक्रमित थपिएका छन्। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २  र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।

२४ घन्टायता १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६ सय ९७ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ।

आइतबार ७ हजार ३ सय ८७ जना कोरोना संक्रमित होम आइसोलेसन रहेको मन्त्रालयले जनाएको छ।

आज ९१६५ जनाको पिसिआर परीक्षण गरिएको छ भने र अहिलेसम्म देशभर ८ लाख ४० हजार ५ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *