भक्तपुरको केमिकल उद्योगमा आगलागी

विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, २८ साउन

भक्तपुरको मध्यपुर थिमीमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो ।

भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ ।

साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *