ख्वप बहुप्राविधिक संस्थान (सिभिल विभाग)मा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

विशेष समाचार समाचार

भक्तपुर, ३० भदौ


भनपाका प्रमुख तथा संसथन सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान (सिभिल विभाग)को प्रथम वर्षमा अध्ययन गर्न भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्ुँदै प्रमुख प्रजापतिले सभ्य तथा सुसंस्कृत समाज निर्मााण्को प्रमुख आधार नै शिक्षा भएकोले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको बताउदै सबै स्थानीय तहले शैक्षिक संस्था संचालन गरेमा देशका अधिकतम जनताले शिक्षाको अवसर प्राप्न गर्ने विचार व्यक्त गरे ।
ज्ञान हासिल गर्नु प्रमाणपत्र पाउनको लागि मात्र नभई समाज परिवर्तनको लागि भएको उल्लेख गर्दै उनले विद्यार्थीहरु सँधै नयाँ खोज र अनुसन्धानतर्पm अग्रसर हुनुपर्ने बताए । हाल देशमा व्यापारिक मानसिकता भएका व्यक्तिहरुले देश सञ्चालन गरिरहेको हुँदा जनताले दुःख पाइरहेको जानकारी गराउदै देश परिवर्तनका लागि आपूm स्वयम लाग्नुपर्ने विचार व्यक्त गरे । समाजलाई बनाउने र विगार्नेमा प्राविधिहरुको महत्वपूर्ण भूमिका हुने स्मरण गराउदै उनले योग्य, सक्षम र इमान्धार प्राविधिक बन्न नवआगन्तुक विद्यार्थीहरुलाई निर्दिष्ट गरे।


भनपा–९ का ववडाध्यक्ष तथा संस्थानका सञ्चालक समिति सदस्य रबिन्द्र ज्याख्वले समाजको अवस्थालाई अध्ययन गरी सही कार्यको समर्थन र गलत कार्यको सबैले विरोध गर्नुपर्ने आवश्यकता औंल्याए । पूँजीवादी बन्दोवस्तमा शिक्षा सबैको पहुँचमा नपुग्ने भएकोले आप्mनो ज्ञान र सीप समाज परिवर्तनमा लगाउनु आग्रह गरे ।
अभिमुखीकरण कार्यक्रममा सिभिलका विभागीय प्रमुख रमेश सुवाल, संयोजक ऋतु ज्याख्व र सुनिल दथेपुथे र विद्यार्थी राजकुमार यादव लगायतले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *