काठमाडौं उपत्यका संक्रमितको संख्या १० हजार नाघ्यो, पछिल्लो २४ घण्टामा थपिए ५७२ संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

बिहीबार काठमाडौं उपत्यकाम ५७२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई  कोरोना संक्रमण देखिएको छ।

यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ।

काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४  र भक्तपुरमा  ८५२ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ। २४ घण्टा १  हजार ८ सय १८ जना डिस्चार्ज भएका छन्।  देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या  ३५ हजार ७ सय जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *