भक्तपुर लगायत देशैभर नेमकिपाको उम्मेदवारी दर्ता

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २३ असोज


भक्तपुर लगायत देशभर नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गरेको छ । प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनको प्रत्यक्षतर्फ उक्त पार्टीले पार्टीका सचिव प्रेम सुवाललाई नै क्षेत्र नं. १ को उम्मेदवारी दर्ता गराएको छ । प्रदेशसभाका लागि क्षेत्र नं. १ को १क मा मिनबहादुर बाटा र १ख मा सुरेन्द्रराज गोसाईलाई उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ मा अनुराधा थापामगर र प्रदेशसभा क्षेत्र नं. २क मा रमेश बैद्य र २ख मा सरोजराज गोसाईलाई उम्मेदवारी दर्ता गराएको छ ।


उम्मेदवारी दर्ता पछि भएको कार्यक्रममा क्षेत्र नं. १ का प्रत्यासी सचिव सुवालले निर्वाचन आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कडा कारवाही गर्न नसकेको र आयोगले सत्ताधारी पार्टीकै लागि सहयोग गरिरहेको बताए । साथै उनले विकट जिल्लामा मौसम प्रतिकूलका कारण उम्मेदवारी दर्ता गर्न असजिलो भएकालाई उपाय दिनुपर्नेमा चुपचाप बसेको बताए ।
प्रदेश सभाका प्रत्यासी सुरेन्द्रराज गोसाई र मिनबहादुर बाटाले परिचय दिँदै देश र जनताको लागि आपूmले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *