१ सय ८६ जना कोरोना संक्रमितको उपचार आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ सय ८६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार २१ जना भेन्टिलेटरमा र १६५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०५ जना आइसियु र  २० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ४ जना आइसियु  रहेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५  र कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिममा १ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *