थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ भदाै

नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय १७ पुगेको छ।

३ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *