चन्द्रागिरिमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना,४ हजार लिटर डिजेल पाेखियाे

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

चन्द्रागिरिमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो। चन्द्रगिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको हाे ।

दुर्घटना हुँदा चार हजार लिटर डिजेल पोखिएको छ। रक्सौलबाट थानकोटको डिपोमा अनलोड गर्न ल्याइएको ट्याङ्करले बाटो काट्न लागेको व्यक्तिलाई बचाउन खोज्दा अनियन्त्रित भई पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले बताए।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन भने चालक सुरेश विक पनि सकुसल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *