समितिले मापदण्ड नसच्चाए बीमाप्रतिको विश्वसनीयता नै घट्छ–शेखर गोल्छा

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ भदाै

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।

निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि बीमा समिति विवादमा परेको थियो । साथै सामाजिक सञ्जालमा समेत निकै टिकाटिप्पणी भएपछि गोल्छा पनि त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।

अघिल्लो मापदण्ड तत्कालीन अवस्थामा सराहनीय भएपनि अहिले सरकारले नै अनुमति दिएर परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपाेर्ट नै मान्य हुँदैन भन्नु नमिल्ले वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । बीमा समितिको यो मापदण्डका कारण सर्वसाधारणहरुले सास्ती पाउने र बीमाप्रतिको विश्वसनीयता पनि घट्ने उनले बताए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नै मापदण्डको विरोधसमेत गरेका छन् । ‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *