नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ साउन

नेपालमा थप एक जनाको कोरोना भाइरसले मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएको थियो ।
मृत्यु पश्चात् उनको कोरोना पोजेटिभ आएपछि उनको शवलाई अहिले अस्पतालामै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *